काठमााडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानले आफ्नो नागरिता विवादमा निर्वाचन आयोगलाई स्पष्टीकरण बुझाएका छन्। लामिछानले मंगलबार चितवन–२ का मुख्य निर्वाचन अधिकृत हृतेन्द्र थापामार्फत आफ्नो स्पष्टीकरण बुझाएका हुन्।
लामिछानले मंगलबार अपराह्न ४ बजे स्पष्टीकरण बुझाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
लामिछानेविरुद्ध निर्वाचनअघि नागरिकताका विषयमा उजुरी दर्ता भएको थियो। निर्वाचन आयोगले एक साताको समय दिएर आफ्नो कुरा भन्नु भनी स्पष्टीकरण सोधेको थियो।
लाामिछानेले आयोगलाई नागरिकता विवादको सन्दर्भमा आफ्नो स्पष्टीकरणमा आफूसँग विदेशी नागरिकता वा दोहोरो नागरिकता कुनै नरहेको दाबी गरेका छन्। उनले यसअघि नै आफूले आफ्नो अमेरिकी नागरिकता बुझाएको उनले उल्लेख गरेका छन्। बुधबार आयोगको केन्द्रीय कार्यालय पठाएपछि मात्रै स्पष्टीकरणको खाम खुल्ने थापाको दाबी छ। लामिछानको नागरिकता विवादमा निर्वाचन आयोगको पदाधिकारी बैठकले निर्णय गर्नेछ।
उनले नागरिकता गलत रुपमा लिएको ठहर भएमा उनको उम्मेदवारी खारेज हुनेछ। उनी विजयी भएपनि खारेज हुँदै उपनिर्वाचन हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।