काठमाडौं। दुई पल्टको विश्व च्याम्पियन अर्जेन्टिनालाई २–१ गोलले पराजित गरेको साउदी अरेबियाका ६ खेलाडीले पहेँलो कार्ड प्राप्त गरेका छन्।
मंगलबार भएको समूह ‘सी’ अन्तर्गतको पहिलो खेलमा अर्जेन्टिनालाई पराजित गर्दा साउदीका ६ खेलाडीले दोस्रो हाफमा पहेँलो कार्ड प्राप्त गरेका हुन्। साउदीका अब्दुलेल्हा अल माल्कीले ६७, अली अल बुल्याहीले ७५, सलेम अल दाउसारीले ७९, साउद अब्दुल्हामिदले ८२, नवाफ साकेर अल अबेदले ८७ र मोहम्मद खालील अल ओइसले ९० मिनेटपछि थप गरिएको दोस्रो मिनेटमा पहेँलो कार्ड पाएका थिए। अर्जेन्टिनाको कुनै पनि खेलाडीले पहेँलो कार्ड पाएनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।