काठमाडौं– डडेल्धुरामा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ९ हजार ९ सय ८७ मत ल्याएर अग्रता कायम गरिरहेका छन्।
२० हजार १ सय ८ मनगणना हुँदा देउवा स्वतन्त्र उम्मेदवार सागर ढकालभन्दा करिब ४ हजार ६ सय मतले अगाडि छन्।
ढकालले ५ हजार ३ सय १ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेस (विपी)का कर्णबहादुर मल्लले २ हजार ७ सय १९ मत प्राप्त गरेका छन्।
अहिलेसम्म १ हजार ३ सय १० मत बदर भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।