काठमाडौं– कैलाली–५को ‘२’मा नेपाली कांग्रेसका उम्मेदवार प्रकाश देउवाले अग्रता लिएका छन्।
२ हजार १ सय ७४ मतगणना हुँदा देउवाले अग्रता कायम राखेका हुन्। उनलाई नेकपा एमालेका उम्मेदवार दुर्गा जोशीले पछ्याइरहेका छन्।
देउवाले ७सय ६४ मत प्राप्त गरेका छन्। नेकपा एमालेका उम्मेदवार जोशीले ४ सय ६० प्राप्त गरेका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीका शिवराज भण्डारीले ३ सय ६२ मत प्राप्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।