काठमाडौं– सिन्धुपाल्चोक–२ मा मोहन बस्नेतले फराकिलो अग्रता पारेका छन्।
उनले निर्वतमान सांसद शेरबहादुर तामाङलाई करिब २ हजार मतले पछि पारेका छन्।
नेपाली कांग्रेसका बस्नेतले ६ हजार ५ सय ९२ र एमालेका शेरबहादुर तामाङले ४ हजार ६ सय ४२ मत प्राप्त गरेका छन्।
२०७४ सालमा तामाङ उक्त क्षेत्रबाट निर्वाचित भएका थिए।
तामाङ तेस्रो पटक जित्ने लक्ष्यसहित मैदानमा उत्रेका छन् भने बस्नेत क्षेत्र–१ छाडेर २मा उम्मेदवार भएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।