काठमाडौं– अत्यधिक चासो रहेको चितवनका तीन निर्वाचन क्षेत्रमा प्रमुख दल पछि परेका छन्।
चितवन–१ मा राष्टिय स्वतन्त्र पार्टीका हरि ढकालले ६ हजार ३ सय ६७ मत ल्याएर अग्रस्थानमा छन्। एमालेका सुरेन्द्र पाण्डेले ५ हजार ३ सय ९९मत ल्याएर पछयाइरहेका छन्।
त्यस्तै चितवन–१ मा राष्टिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछने अगाडि आएका छन्। रविले ४ हजार ७ मत ल्याउँदा एमालेका कृष्णभक्त पोखरेलले ३ हजार ८ सय ७९ मत ल्याएका छन्।
त्यस्तै, चितवन–३ मा राप्रपाका विक्रम पाण्डेले ४ हजार ६ सय ६० मतसहित अग्रस्थानमा छन्।
स्वतन्त्र पार्टीकी जीता बरालले ३ हजार ९ सय ७७ मत ल्याएकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।