काठमाडौं– गोरखा क्षेत्र नम्बर २ मा जारी मतगणनाको पछिल्लो परिणाम प्राप्त भएको छ। पछिल्लो मतपरिणामअनुसार नेकपा माओवादी केन्द्रका उम्मेदवार पुष्पकमल दाहाल (प्रचण्ड)ले फराकिलो मतान्तरसहितको अग्रतालाई निरन्तरता दिएका छन्।
१२ हजार ६१५ मत गणना हुँदा प्रचण्डले ७ हजार २७९ मत प्राप्त गरेका छन्। उनको प्रतिस्पर्धमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कवीन्द्र बुर्लाकोटी दोस्रो स्थानमा छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका बुर्लाकोटीले २ हजार १० मत प्राप्त गरेका छन्। नेकपा एमालेका उम्मेदवार अब्दुस सलाम मियाँ भने तेस्रो स्थानमा छन्। अब्दुस मियाले १ हजार ६९८ मत प्राप्त गरेका छन्।
हालसम्म गणना भएकामध्ये ६५१ बदर भएका निर्वाचन आयोगले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।