काठमाडौं- दाङमा तीनवटै क्षेत्रमा एमाले उम्मेदवारहरुले अग्रता गर्न सकेका छैनन्। त्यहाँ एकीकृत समाजवादी, माओवादी केन्द्र र कांग्रेस उम्मेदवारले अग्रता लिएका छन्।
प्रतिनिधि सभामा अन्तर्गत दाङ- १ मेटमणि चौधरीले अग्रता लिएका छन्। उनले २५१५ मत ल्याएका छन्। उनलाई एमाले उम्मेदवार शान्ता चौधरीले १६३२ मतसहित पछ्याइरहेकी छिन्।
दाङ- २ मा माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्माले अग्रता लिएकी छिन्। उनले ८६३० मत पाएकी छिन्। उनलाई एमाले महासचिव शंकर पोखरेलले ६८१० मतसहित पछ्याइरहेका छन्।
त्यस्तै, दाङ- ३ मा कांग्रेसका दीपक गिरीले अग्रता लिएका छन्। उनले अहिलेसम्म ४८०८ मत पाएका छन्। उनलाई एमालेकी कोमल वलीले ४०८३ मतसहित पछ्याइरहेकी छिन्।
२०७४ को निर्वाचनमा दाङ १ मा एमालेका तर्फबाट मेटमणि चौधरी, दाङ- २ मा माओवादी केन्द्रको तर्फबाट कृष्णबहादुर महरा र दाङ ३ मा एमालेको तर्फबाट हिराचन्द्र केसी निर्वाचित भएका थिए।
निर्वाचनसम्बन्धी सम्पूर्ण विवरणका लागि क्लिक गर्नुहोस्- election.nepallive.com
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।