काठमाडौं– काठमाडौं निर्वाचन क्षेत्र नम्बर ९ मा नेकपा एमालेका कृष्ण गोपाल श्रेष्ठ विजयी भएका छन्।
श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेल र नेकपा माओवादी केन्द्रकी उम्मेदवार कल्पना धमलालाई पराजित गर्दै निर्वाचित भएका हुन्।
श्रेष्ठले ११ हजार ९५६ मत ल्याएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टेकबहादुर पोखरेलले १० हजार ९६९ मत ल्याएर उपविजेता भएका छन्।
सत्ता गठबन्धनकी धमलाले ६ हजार ४०२ मत ल्याएकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।