पोखरा– प्रतिनिधि सभा कास्की क्षेत्र नम्बर १ मा रोकिएको मतगणना पुन: सुरु भएको छ।
मादी गाउँपालिकामा ५ अन्तर्गतको मत गणनाका क्रममा मुचुल्कामा भन्दा १ मत बढी देखिएपछि मत गणना स्थगित भएको थियो।
सो क्षेत्रमा नेकपा एमालेबाट मनबहादुर गुरुङ र नेपाली कांग्रेसबाट किशोरदत्त बरालले उम्मेदवारी छन्। मतगणनाका क्रममा एमालेका गुरुङको अग्रता थियो।
मतगणना सुरु भएपछि एमालेका गुरुङले अग्रता कायम राखेका छन्। एमालेका गुरुङ ४ हजार २७९ अगाडि रहँदा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार किशोरदत्त बराल ३ हजार २८७ मतसहित पछ्याइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।