काठमाडौं– मोरङ क्षेत्र नम्बर ६ मा जारी मतगणनाको पछिल्लो परिणाम प्राप्त भएको छ।
प्राप्त मतपरिणामअनुसार मोरङ ६ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार डा शेखर कोइरालाले अग्रता कायम गरेका छन्।
३ हजार ५३८ मत गणना हुँदा डा कोइरालाले ३ हजार ५३८ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार लालबाबु पण्डितले २हजार ७६८ मत प्राप्त गरेका छन्।
शेखर र लालबाबुबीचको मतान्तर ७७० छ। यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार यादव कुमार प्रधानले १ हजार ९४ मत प्राप्त गरेका छन्।
२०७४ सालको निर्वाचनमा डा कोइरालालाई पराजित गर्दै तत्कालीन वाम गठबन्धनबाट नेकपा एमालेका उम्मेदवार रहेका पण्डित प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।