काठमाडौं– प्रतिनिधि सभा तथा प्रदेश निर्वाचन अन्तर्गत कर्णाली प्रदेशका १० जिल्लामध्ये अधिकांशमा मतगणना सुरु भएको छ।
मंगलबार दिउँसोसम्मको मतगणनालाई हेर्ने हो भने, रुकुमपश्चिममा नेकपा माओवादी केन्द्रका जर्नादन शर्मा अगाडि छन्। शर्माले ३५९ मत ल्याउँदा एमालेका नन्दराम देवकोटाले २४९ मत ल्याएका छन्।
सल्यानमा एकीकृत समाजवादीका प्रकाश ज्वालाले अग्रता लिएका छन्। उनले ११ हजार ७९६ मत ल्याउँदा स्वतन्त्र राजेन्द्रबहादुर शाहले ५ हजार ४५ मत ल्याएका छन्।
दुई निर्वाचन क्षेत्रमा रहेका सुर्खेतमा क्षेत्र नम्बर २ मा मतगणना जारी छ। यहाँ गठबन्धनबाट उम्मेदवार बनेका हृदयराम थानीले अग्रता लिएका छन्। धानीले १५ हजार ९८५ मत ल्याउँदा एमालेका अमृत बिसीले १३ हजार १९४ मत प्राप्त गरेका छन्।
यस्तै दुईवटा निर्वाचन क्षेत्र रहेको दैलेखका दुवै क्षेत्रमा मतगणना जारी छ। दैलेख १ मा एमालेका रविन्द्रराज शर्माले ५ हजार ८४ मत ल्याउँदै अग्रता लिएका छन्। उनका प्रतिस्पर्धी एकीकृत समाजवादीका अम्मरबहादुर थापाले ४ हजार ६५० मत ल्याएका छन्।
दैलेख–२ मा कांग्रेसका दिक्पाल शाही ८ हजार ४८७ मत ल्याएर अग्रस्थानमा छन्। एमालेका लक्ष्मीप्रसाद पोखरेलले ७ हजार १७५ मत ल्याएर पछ्याउँदै छन्।
जाजरकोटमा माओवादीका शक्तिबहादुर बस्नेत अग्रस्थानमा छन्। बस्नेतले ४ हजार २५२ मत ल्याउँदा एमालेका निरजबहादुर आचार्यले २ हजार ७९० मत ल्याएर पछ्याउँदैछन्।
जुम्लामा राप्रपाका ज्ञानेन्द्रबहादुर शाहीले निरन्तर अग्रता लिएका छन्। उनले ६ हजार ६६९ मत ल्याउँदा माओवादीकी गोमा गौतमले २ हजार ८९० मत ल्याएकी छन्।
हुम्ला, मुगु, कालिकोट र डोल्पा मतगणना सुरु भइसकेको छैन। सुर्खेत १ मा भने मतदान केन्द्रमा विवाद भएपछि मंगलबार उक्त मतदान केन्द्रमा पुन: मतदान भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।