काठमाडौं– रसुवामा कांग्रेसले दोब्बर मतले अग्रता लिएको छ।
नेपाली कांग्रेसका मोहन आचार्यले ११ हजार ४ सय १७ मत ल्याएर अग्रता कायम गरेका छन्।
नेकपा एमालेका छोवाङ तेन्जीन तामाङले ५ हजार ३ सय ८३ मत ल्याएर कांग्रेसका आचार्यलाई पछ्याइरहेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका दिनानाथ देवकोटा १ सय ३ मत ल्याएर तेस्रो स्थानमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।