काठमाडौं– चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ। उक्त पार्टीका सभापति तथा प्रतिनिधि सभाका उम्मेदवार रवि लामिछानेले अग्रता लिएका हुन्।
सुरुवातीमा तेस्रो हुँदै बीचमा दोस्रोमा पुगेका लामिछाने केही बेरअघिसम्म तेस्रो स्थानमा थिए। केही बेरअघिको मतगणना अनुसार उनी पहिलो स्थानमा उक्लिएका छन्।
लामिछानेले ४ हजार ७ मत प्राप्त गरेका छन्। यस्तै एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले ३ हजार ८७९ मत प्राप्त गर्दै दोस्रो स्थानमा झरेका छन्।
यता कांग्रेस उम्मेदवार उमेश श्रेष्ठ भने ३ हजार ४१० मत ल्याउँदै तेस्रो स्थानमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।