काठमाडौं– बर्दिया २ मा नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरीका बुवा लालविर चौधरीले स्पष्ट अग्रता लिएका छन्।
उनी स्वतन्त्र उम्मेदवार हुन्। उक्त क्षेत्रमा रेशमले मनोनयन दर्ता गराएका थिए, तर उनको उम्मेदवारी खारेज हुने संशयका बीच लालविरले पनि उम्मेदवारी दिएका थिए। रेशमको उम्मेदवारी खारेज भएपछि पार्टी (नागरिक उन्मुक्ति)ले लालविरलाई समर्थन गरेको थियो।
५१ हजार ३५६ मतगणना हुँदा लालबिरले २० हजार ६६४ मत पाएका छन्। माओवादी केन्द्रका सुरेश पन्थ १३ हजार ६६२ मतसहित पछ्याइरहेकका छन्।
एमालेका पंकजसिंह राठोर ८ हजार २०६ सहित तेस्रो नम्बरमा छन्। राप्रपाका विनय रावलको ४ हजार ०१७ मत आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।