काठमाडौं– डडेलधुरामा जारी मतगणनाको पछिल्लो परिणाम प्राप्त भएको छ। पछिल्लो परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो अग्रता कायम छन्।
प्रधानमन्त्री देउवाले अग्रता कायम राखिरहँदा स्वतन्त्र उम्मेदवार सागर ढकालले पछ्याइरहेका छन्। सागरले ५ हजार मत कटाउँदै देउवालाई चुनौती दिइरहेका छन्।
१९ हजार ५९६ मत गणना हुँदा देउवा र सागरबीच ४ हजार ५८० मतको अन्तर छ।
पछिल्लो मतपरिणाम:
गणना मत संख्या: १९५९६
शेरबहादुर देउवा (नेपाली काँग्रेस): ९७७३
सागर ढकाल (स्वतन्त्र): ५१९३
कर्णबहादुर मल्ल (नेपाली कांग्रेस बीपी): २६९४
२०७४ सालको निर्वाचनमा डडेलधुराबाट देउवा नै विजयी भएका थिए। देउवा डडेलधुराबाट २०४८ सालयता लगातार चुनाव जित्दै आएका छन्।
मतगणनाको ताजा अपडेट र विस्तृत विवरणका लागि लगइन गर्नुहोस्, https://election.nepallive.com/
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।