काठमाडौं– बागलुङ क्षेत्र नम्बर २ मा जारी मतगणनाको पछिल्लो परिणाम प्राप्त भएको छ। पछिल्लो मतपरिणामअनुसार बागलुङ २ मा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार देवेन्द्र पौडेलले अग्रता कायम राखेका छन्।
१२ हजार ५३५ मत गणना हुँदा देवेन्द्र पौडेलले ६ हजार १७ मत ल्याएका छन्। पौडेलकी प्रतिस्पर्धी नेकपा एमालेकी मञ्जु शर्माले ४ हजार ७५७ मत ल्याएकी छन्। यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका तिला खत्रीले ७८९ प्राप्त गरेका छन्।
बागलुङ क्षेत्र नम्बर २ प्रदेश सभा १ मा नेपाली कांग्रेसका उम्मेदवार जीत बहादुर शेरचनले अग्रता कायम गरेका छन्। माओवादीका पौडेलभन्दा एमालेकी शर्मा १ हजार २६० मतले पछाडि छन्।
१४ हजार ६०२ मत गणना हुँदा शेरचनले ७ हजार ९१५ मत ल्याएका छन्। उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार प्रकाश घर्ति मगरले ६ हजार १९८ मत ल्याएका छन्।
बागलुङ क्षेत्र नम्बर २ प्रदेश सभा २ मा पनि कांग्रेस उम्मेदवार दोर्ण कुमार कुवँरको अग्रता छ।
१५ हजार ३५५ मत गणना हुँदा कांग्रेसका कुवँरले ८ हजार २८६ मत ल्याएका छन्। उनका प्रतिस्पर्धी एमालेका लक्ष्मण पुन मगरले ५ हजार ५५९ मत ल्याएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।