धनगढी– नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम ईञ्चार्ज लेखराज भट्टलाई ज्यान मार्ने धम्की दिएको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ।
कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार समेत रहेका भट्टलाई कैलालीको अत्तरीयास्थित उनको निजी निवास (घर)मै गएर धम्की दिएको भन्दै प्रहरीले २ जनालाई पक्राउ गरेको हो।
इलाका प्रहरी कार्यालय मालाखेतीका ईञ्चार्ज ज्ञानबहादुर विष्टका अनुसार पक्राउ पर्नेमा स्थानीय शेरबहादुर लामा र दीपेन्द्र विक छन्। दुवै जना माओवादीका पूर्व लडाकू हुन्।
धम्की दिएको भनिएका बेला भट्ट घरमा थिएनन्। उनीहरुले घर अगाडि पुगेर ज्यान मारिदिने धम्की दिन थालेपछि पक्राउ गरेको विष्टले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।