काठमाडौं– एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको जुम्लामा राप्रपाका उम्मेदवार ज्ञानबहादुर शाही (ज्ञानेन्द्रल)ले फराकिलो मतान्तरसहित अग्रता कायम राखेका छन्।
उनले सत्तारुढ गठबन्धनका उम्मेदवारभन्दा झण्डै दोब्बर बढी मतले अग्रता लिएका हुन्। १० हजार ६५ मतगणना हुँदा शाहीले ५ हजार ४६९ मत प्राप्त गरेका छन्।
यस्तै दोस्रोमा रहेकी नेकपा माओवादी केन्द्रकी उम्मेदवार गोमा गौतम कुँवरले २ हजार ३६० मत प्राप्त गरेकी छन्। तेस्रोमा रहेका एमालेका रतननाथ योगीले १२९५ मत ल्याएका छन्।
नेपाल मजदुर किसान पार्टीका डिल्लीप्रसाद काफ्लेले २२२ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार डा कलबहादुर रोकायाले ९४ मत प्राप्त गरेका छन्। गणना भएका मतमध्ये ५२५ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ।
यस्तो छ जुम्लाको प्रतिनिधि सभाको पछिल्लो मत परिणाम
मतगणना =१००६५
ज्ञानेन्द्र शाही (हलो ) =५५६९
गोमा गौतम कुँवर( हँसियाहथौडा) =२३६०
रतननाथ योगी ( सुर्य ) = १२९५
डिल्ली काफ्ले ( मादल ) = २२२
कलधारो = ९४
बदर = ५२५
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।