काठमाडौं– प्रतिनिधि सभा निर्वाचन अन्तर्गत बागलुङ १ मा नेकपा एमालेका उम्मेदवारले मतान्तर घटाउँदै लगेका छन्।
सत्ता गठबन्धनबाट उम्मेदवार बनेका राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीभन्दा एमालेका सूर्य पाठक जम्मा ९ मतले मात्रै पछि छन्।
९ हजार ३०२ मतगणना हुँदा अग्रता लिइरहेका केसीले ३ हजार ३४९ मत प्राप्त गरेका छन्। उनलाई पछ्याइरहेका एमालेका पाठकले भने ३ हजार ३४० मत प्राप्त गरेका छन्।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले भने २ हजार १३ मत प्राप्त गरेका छन्।
यस्तै बागलुङ १ कै प्रदेश सभा क तर्फ भने एमालेका उम्मेदवारले अग्रता लिएका छन्। १० हजार ९४३ मतगणना हुँदा प्रदेश सभा क मा एमालेका उम्मेदवार हिराबहादुर केसीले ५ हजार १६४ मत प्राप्त गरेका छन्।
उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका दीपेन्द्रबहादुर थापाले ४ हजार ३५८ मत प्राप्त गरेका छन्। यस्तै राप्रपाका डिल्लीप्रसाद आचार्यले भने ८६५ मत प्राप्त गरेका छन्।
यस्तै बागलुङ १ कै प्रदेश सभा ख मा कांग्रेसका डिल्लीराम सुवेदीले अग्रता लिएका छन्। १० हजार २७७ मतगणना हुँदा सुवेदीले ५ हजार ८९२ मत प्राप्त गरेका हुन्।
दोस्रोमा रहेका एमालेका नवराज पौडेलले ३ हजार ७९१ मत प्राप्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।