काठमाडौं– गोरखा क्षेत्र नम्बर २ मा जारी मतगणनाको पछिल्लो मतपरिणाम सार्वजनिक भएको छ।
१० हजार ४३६ मत गणना हुँदा नेकपा माओवादी केन्द्रका उम्मेदवार पुष्पकमल दाहाल (प्रचण्ड) फराकिलो मतान्तरसहित अगाडि छन्। प्रचण्डले ५ हजार ९८१ मत ल्याएका छन्।
माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्डसँग प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कवीन्द्र बुर्लाकोटीले १ हजार ६८४ मत ल्याएका छन्। नेकपा एमालेका उम्मेदवार अब्दुस सलाम मियाँले १ हजार ४३८ प्राप्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।