काठमाडौं– गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्टले १० हजार मत कटाएका छन्।
मदाने गाउँपालिका र इस्मा गाउँपालिकाका सबै वडाको मतगणना सकिँदा एमालेका विष्टले १० हजार १२४ मत ल्याएका छन्।
विष्टका प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीले ८ हजार ८ मत ल्याएका छन्। विष्ट र झाँक्रीबीच २ हजार ११६ मतको अन्तर छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।