काठमाडौं– कैलाली क्षेत्र नम्बर ३ मा नागरिक उन्मुक्ति पार्टीले अग्रता बढाएको छ। जारी मतगणनाको पछिल्लो परिणाअनुसार नागरिक उन्मुक्ति पार्टीका गंगा राम चौधरीले २० हजार मत कटाएका छन्।
नागरिक उन्मुक्तिका चौधरीले २० हजार २३४ मत ल्याउँदा उनका प्रतिस्पर्धी सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार कृष्ण कुमार चौधरीले १४ हजार ९४६ मत ल्याएका छन्।
नेकपा एमालेका उम्मेदवार गौरीशंकर चौधरी ८ हजार २७९ मतसहित तेस्रो स्थानमा रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।