रसुवा–रसुवामा मोहन आचार्यले फराकिलो अग्रता कायम राखेका छन्।
पछिल्लो मतपरिणाम अनुसार १२ हजार ४ सय ७१ मत गणना गर्दा गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका मोहन आचार्यले ७ हजार ७ सय ८६ मत प्राप्त गरेका छन्।
आचार्यका प्रतिद्वन्द्वी छोवाङ तेन्जिन तामाङले ४ हजार ८७ मत प्राप्त गरेका छन्। आचार्य तामाङभन्दा ३ हजार ६ सय ९९ मतले अगाडि छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।