काठमाडौं– झापाको निर्वाचन क्षेत्र नम्बर १ मा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा ४ हजार मतान्तरले अघि देखिएका छन्।
अहिलेसम्म गणना भएको २२ हजार मतमध्ये शर्माले ११ हजार ८५ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका अग्नि खरेलले ७ हजार ८६ मत ल्याएका छन्।
शर्मा ४ हजार मतले अगाडि भए पनि सामाजिक सञ्जालमा उनी निर्वाचित भएको भन्दै बधाइ दिन थालेपछि शर्मा आफैंले सामाजिक सञ्जालमार्फत् अझै ६० हजार मत गन्न बाँकी रहेको जानकारी गराएका छन्।
साथै आफूले लिएको अग्रता विजयतर्फको संकेत रहेको भन्दै सामाजिक सञ्जालमा सुभेक्षा राख्नेप्रति आभार व्यक्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।