काठमाडौं- समानुपातिक मत परिणामको प्रारम्भिक अपडेट आएको छ। निर्वाचन आयोगले बिहान ८:३० बजेसम्म गरेको अपडेट अनुसार नेकपा एमाले पहिलो पार्टी बनेको छ।
एमालेको ६० हजार ३१८ मत आएको छ। नेपाली कांग्रेसले ५२ हजार ७ सय १४ मतसहित पछ्याइरहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी २६ हजार ७८६ मतसहित तेस्रो नम्बरमा छ।
माओवादी केन्द्र भने चौथो नम्बरमा धकेलिएको छ। माओवादीले जम्मा १३ हजार २ सय ६३ मत ल्याएको छ।
मधेस प्रदेशमा जनमत पार्टी पहिलो छ। जनमतले ४ हजार ५ १६ ल्याउँदा जसपाले जम्मा ४ हजार ४ सय ९३ मत ल्याएको छ। लोसपा र एकीकृत समाजवादी पुछारमा रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।