काठमाडौं– प्रतिनिधि सभा निर्वाचनअन्तरर्गत झापा क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले फराकिलो मतान्तरसहित अग्रता कायम राखेका छन्।
सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार कृष्ण सिटौलाले लिङ्देनलाई पछ्याइरहेका छन्।
राप्रपाका लिङदेनले ४ हजार ६४९ मत पाउँदा उनका प्रतिस्पर्धी कांग्रेसका सिटौलाले ३ हजार ३४२ मत प्राप्त गरेका छन्। लिङदेन सिटौला भन्दा १ हजार ३०७ मतले अघाडि रहेका छन्।
२०७४ सालको निर्वाचनमा सिटौलालाई नै पराजित गर्दै लिङ्देन प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए।
विस्तृत विवरणका लागि लगइन गर्नुहोस्, https://election.nepallive.com/
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।