काठमाडौं– लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ् ठाकुर निर्वाचनको मत परिणाममा पछि परेका छन्।
महोत्तरी क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा उम्मेदवार रहेका ठाकुरले बिहानसम्म गणना भएको ३३ सय १० मध्ये ८ सय ४४ ल्याएका छन्।
यो क्षेत्रमा अग्रता लिइरहेका स्वतन्त्र उम्मेदवार रामआधार कापर १५ सय ८ मतसहित अगाडी छन् भने जसपाका हरिनारायण यादवले ५ सय २२ मत ल्याएका छन्।
उक्त क्षेत्रमा सोमबार बेलुकादेखि मतगणना सुरु भएको थियो। ०७४ को निर्वाचनमा यो क्षेत्रबाट लोसपाका अध्यक्ष ठाकुरले ठूलो मतान्तरसहित जित हात पारेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।