काठमाडौं– काठमाडौं क्षेत्र नम्बर ८ मा प्रतिनिधि सभातर्फ राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठले अग्रता लिएका छन्। उनलाई लौरो अभियान (हाम्रो पार्टी नेपाल)का सुमन सायमीले पछ्याइरहेका छन्।
१६ हजार ५०० मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका श्रेष्ठले ५ हजार २८६ मत ल्याएका छन्। लौरो अभियानका सायमीले ४ हजार २५४ मत प्राप्त गरेका छन्।
नेकपा एमालेका शिवसुन्दर राजवैद्यले २हजार ११० मत पाएका छन्। यस्तै, नेकपा एकीकृत समाजवादीका जीवनराम श्रेष्ठले २ हजार ९० र राप्रपाका प्रकाश रिमालले १ हजार ३८२ मत पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।