काठमाडौं– गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार गोकर्ष विष्टले अग्रता कायमै राखेका छन्। नेकपा एकीकृत समाजवादीकी उम्मेदवार रामकुमारी झाँक्रीलाई भने मतान्तर घटाउन हम्मे परेको छ।
१३ हजार ८४१ मत गणना हुँदा एमालेका विष्ट एकीकृत समाजवादीकी झाँक्रीभन्दा २ हजार १६५ तले अगाडि छन्।
विष्टले ७ हजार ७५६ मत ल्याएका छन् भने झाँक्रीले ५ हजार ५९१ मत ल्याएकी छन्। २०७४ सालको निर्वाचनमा उक्त क्षेत्रबाट विष्ट विजयी भएका थिए।
विस्तृत विवरणका लागि लगइन गर्नुहोस्, https://election.nepallive.com/
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।