काठमाडौं– सिन्धुपाल्चोकको क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका मोहन बस्नतले अग्रता लिएका छन्। निर्वतमान सांसद एवं एमाले उम्मेदवार शेरबहादुर तामाङलाई पछि पार्दै बस्नेतले ३१७५ मत पाएका छन्।
त्यस्तै तामाङले १८७५ मत पाएका छन्। सत्ता गठबन्धनका उम्मेवार बस्नेत क्षेत्र १ बाट सरुवा भएर २ मा उठेका थिए।
प्रदेश सभातर्फ माओवादीका युवराज दुलालले अग्रता लिएका छन्। त्यस्तै क्षेत्र नम्बर १ मा एमालेले अग्रता लिएको छ। एमालेका सरेश नेपालले २७६२ मत पाएका छन्।
उनलाई माओवादी केन्द्रका माधव सापकोटा सुवोधले पछ्याइरहेका छन्। सुवोधले २५८० मत प्राप्त गरेका छन्। २०७४ सालको निर्वाचनमा उक्त क्षेत्रमा निर्वतमान सभामुख अग्निप्रसाद सापकोटाले जितेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।