काठमाडौं– सुरुवाती मतगणनामा तेस्रो स्थानमा देखिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मतान्तर घटाउँदै दोस्रो स्थानमा उक्लिएका छन्।
चितवन क्षेत्र नम्बर २ मा अहिलेसम्म भएको ७७४५ मतगणनामा उनी दोस्रो स्थानमा उक्लिएका हुन्। पहिलो स्थानमा रहेका नेकपा एमालेका कृष्णभक्त पोखरेलले २ हजार ६०३ मत पाउँदा लामिछानेले २ हजार ३८४ मत पाएका छन्।
सुरुवाती मतगणनामा दोस्रो स्थानमा रहेका पूर्व स्वास्थ्य राज्यमन्त्री तथा नेपाली कांग्रेसका उमेश श्रेष्ठ अहिले तेस्रो स्थानमा छन्। उनले २ हजार २६३ मत पाएका छन्।
पहिलो स्थानमा रहेका पोखरेलसँग लामिछानेको मतान्तर अब २९९ मात्र छ। चितवन २ मा सुरुमा ग्रामीण क्षेत्रमा पर्ने इच्छाकामना गाउँपालिकाबाट मतगणना सुरु गरिएको थियो। त्यहाँ रवि तेस्रो स्थानमा थिए।
शहरी क्षेत्रको मतगणना सुरु भएसँगै रविले निरन्तर मतान्तर घटाउँदै लगेका छन्। २०७४ सालको निर्वाचनमा उक्त क्षेत्रबाट पोखरेल निर्वाचित भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।