काठमाडौं– ललितपुर–१ मा उदय शमशेर राणा अघि लागेका छन्। शुरुवाती गणनादेखि नेकपा एमालेका नवराज सिलवाल अगाडि थिए।
तर, पछिल्लो परिणाममा सिलवालाई पछि पार्दै राणा अघि लागेका हुन्। राणाले ८५९७ मत प्राप्त गर्दा सिलवालले ८४३१ मत पाएका छन्।
उनीहरुबीचको मत अन्तर १६६ देखिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सचिन घिमिरेले १०६१ र राप्रपाका सन्दीप आचार्यले ७०६ मत पाएका छन्।
२०७४ सालको निर्वाचनमा उक्त क्षेत्रबाट सिलवाल विजयी भएका थिए। राणा र सिलवालकाबीच कडा प्रतिस्पर्धा यसपटक पनि भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।