काठमाडौं– प्रतिनिधि सभा र प्रदेश सभाका लागि भएको मतदानको परिणाम आउने क्रम जारी रहेको छ। समानुपातिकतर्फको पनि मतपरिणाम जारी भइरहेको छ।
पछिल्लो मत परिणाम अनुसार समानुपातिक तर्फ नेकपा एमाले पहिलो नम्बरमा छ। एमालेले ४३ हजार ५ सय ८५ मत ल्याएको छ। यस्तै दोस्रोमा रहेको कांग्रेसले ३८ हजार ३२४ मत पाएको छ।
नेकपा माओवादी केन्द्र भने चौथो स्थानमा छ। माओवादीलाई रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले उछिनेको छ। रास्वपा १८ हजार १२३ मत पाउँदै तेस्रो स्थानमा छ। चौथो स्थानमा रहेको माओवादीले भने १६ हजार ७१६ मत पाएको छ।
८ हजार ६२१ मतसहित राप्रपा पाँचौं स्थानमा छ। यस्तै नेकपा एकीकृत समाजवादी पार्टी समानुपातिकतर्फ नवौं स्थानमा छ। उसले २ हजार ३० मत पाएको छ।
(देशभर समानुपातिकतर्फ अहिलेसम्मको ताजा अपडेट)
1. नेकपा एमाले ४३ हजार ५ सय ८५ मत सहित पहिलो
2. कांग्रेस ३८ हजार ३ सय २४ मत सहित दोस्रो
3. स्वतन्त्र पार्टी १८ हजार १ सय २३ मत सहित तेस्रो
4. माओवादी १६ हजार ७ सय १६ मत सहित चौथो
5. राप्रपा ८ हजार ६ सय २१ मत सहित पाँचौ
6. जसपा नेपाल ३ हजार २ सय ४ मत सहित छैठौं
7. नेपाल मजदुर किसान पार्टी २ हजार ९ सय १० मत सहित सातौ
8. जनमत पार्टी २ हजार ८ सय १५ मत सहित आठौ
9. नेकपा एकीकृत समाजवादी २ हजार ३० मत सहित नौं
10. लोसपा नेपाल १ हजार ५ सय ६३ मत सहित दसौँ स्थानमा रहेका छन ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।