काठमाडौं– रुपन्देही क्षेत्र नम्बर १ मा एमालेले अग्रता कायमै राखेको छ। एमालेका उम्मेदवार छविलाल विश्वकर्मा १७३८ मत ल्याउँदै अग्रस्थानमा छन्।
जम्मा ७७१५ मतगणना हुँदा दोस्रो स्थानमा भने नागरिक उन्मुक्ति पार्टीका धनीराम चौधरी रहेका छन्। उनले १५९९ मत ल्याएका छन्।
सत्तारुढ गठबन्धनको समर्थनमा स्वतन्त्र उम्मेदवार बनेका घनश्याम भुसाल भने तेस्रो नम्बरमा रहेका छन्। उनले १४०१ मत ल्याएका छन्।
यस्तै जनमत पार्टीका कैलाश गुरुङले ११२६ मत पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।