काठमाडौं- इलाम क्षेत्र नं १ मा एकीकृत समाजवादीका नेता झलनाथ खनाल पछि परेका छन्। एमालेका महेश बस्नेतले ४ सय भन्दा बढी मतको अग्रता लिएका हुन्।
बस्नेत २ हजार ४८५ मतसहित अग्रस्थानमा छन्। उनीलाई खनालले २ हजार १० मतसहित पछ्याइरहेका छन्। यो क्षेत्रमा खनालले जित्दै आएका थिए।
इलाम- २ सुवास नेम्वाङले अग्रता लिएका छन्। २९४१ मत गणना हुँदा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले १०७९ मत पाएका छन्।
१६२३ मत गणना हुँदा कांग्रेसका डम्बरबहादुर खड्काको १०३८ मत छ।
सुरुदेखि नै खड्काले अग्रता लिँदै आएका थिए। अहिले नेम्वाङ अघि बढेका हुन्। उक्त निर्वाचन क्षेत्रबाट नेम्वाङले जित्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।