काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले झन्डै तीन हजार मत गन्दा तेस्रो स्थानमै चित्त बुझाउनुपरेको छ। फराकिलो अन्तरले जित हात पार्ने पूर्वानुमान गरिएका लामिछाने एमालेका उम्मेदवार भन्दा तेब्बरले पछि रहेका छन्।
चितवन क्षेत्र नम्बर २ को २ हजार ८८५ मत गणना हुँदा उनले जम्मा ४३९ मत पाएका छन्।
पहिलो स्थानमा रहेका एमाले उम्मेदवार कृष्णभक्त पोखरेलले १ हजार ३०६ मत पाएका छन्। सत्ता गठबन्धनका तर्फबाट कांग्रेस उम्मेदवार उमेश श्रेष्ठले ९५२ मत पाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।