काठमाडौं- काठमाडौं १ मा नेपाली कांग्रेसका प्रकाशमान सिंह र राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रबीच तीव्र प्रतिष्पर्धा भइरहेको छ।
पछिल्लो परिणामअनुसार मिश्रले ३८७० मत पाएका छन्। कांग्रेसका सिंहले ३८५० मत पाएका छन्।
यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बमले २३०३ मत, एमालेका किरण पौडेलn] २२३२ र सुशासन पार्टीका रमेश खरेलले १७६३ मत पाएका छन्।
उक्त क्षेत्रमा अहिलेसम्म जम्मा १५ हजार १८८ मत गणना भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।