काठमाडाै- विश्व कपमा घाइते हुने पहिलो गोलकिपर इरानका अर्लिजा काठमाडौं–विश्व कपअन्तर्गत घाइते भएर बाहिरिने गोलकिपरको सूचीमा इरानका गोलरक्षक अर्लिजा बेयरनवन्द पहिलो खेलाडी बनेका छन्।
इङ्ल्याण्डविरूद्ध सोमबार भएको खेलको १७ औं मिनेटमा उनी आफ्नै सहपाठीसँग ठोक्किन पुगेपछि उनी बाहिरिएका हुन्। अर्लिजा इरानको नम्बर एक गोलकिपर हुन्।
उनी इरानकै स्थानीय क्लबबाट व्यवसायिक फुटबल खेल्छन्। उनको स्थानमा होसिन होसिनीलाई मैदानभित्र प्रवेश गराइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।