काठमाडौं– इंग्ल्यान्ड विरुद्धको पहिलो टेस्टमा ३१ रनले पराजित भएसँगै भारतले खराब रेकर्ड बनाएको छ। १ सय ९४ रनको सामान्य लक्ष्य पाएपनि भारत दोस्रो इनिङमा १ सय ६२ रनमा अलआउट भएको थियो।
भारतले टेस्ट क्रिकेटमा तेस्रो कम लक्ष्य पार गर्न नसकेको हो। यसअघि भारतले सन् १९९७ मा वेस्ट इन्डिजबिरुद्ध १ सय २० रनको लक्ष्य पार गर्न सकेको थिएन। यस्तै सन् २०१५ मा भारतले श्रीलंकाविरुद्ध १ सय ७६ रनको लक्ष्य भेट्टाउन सकेको थिएन। यस्तै यहि वर्ष भारतले केप टाउनमा २ सय ८ रनको लक्ष्य भेट्टाउन सकेको थिएन। भारतले तीन वर्षको बीचमा तेस्रो पटक कम लक्ष्य पाए पनि भेट्टाउन सकेन।
१ सय ९४ को लक्ष्य पाएपछि भारतले खेल जित्दै रेकर्ड बनाउने विश्वास गरिएको थियो। तर त्यसो हुन सकेन। सामान्य लक्ष्य भेट्टाएको भए इबास्टमा खेल जित्ने भारत पहिलो एसियन टिम बन्ने थियो। मैदानमा अहिलेसम्म कुनै पनि एसियन टिमले खेल जितेका छैनन्।
पहिलो टेस्टमा भारतले प्रहार गरेको कुल रनको ४५.८७ प्रतिशत कप्तान विराट कोहलीले जोडे। उनले २ इनिङमा गरी २ सय रन बनाए। भारतका अन्य १० खेलाडीको कुल योगफल २१४ रन मात्र छ। कोहलीले २७ बाउन्ड्री प्रहार गर्दा अन्य १० खेलाडीले २८ बाउन्ड्री प्रहार गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।