काठमाडौं- काठमाडौं- ४ मा कांग्रेस उम्मेदवार गगन थापाले मतान्तर बढाएका छन्। प्रारम्भिक मत गणनामा उनी एमालेका उम्मेदवार राजन भट्टराईभन्दा ४४५ मतले अगाडि छन्।
यस्तो छ पछिल्लो मत विवरण-
गगन थापा/कांग्रेस- २०२५
राजन भट्टराई/एमाले- १५८०
अहिलेसम्म ४२१६ मत गणना गरिएको छ।
यस निर्वाचन क्षेत्रमा २०७० र २०७४ मा थापा नै विजयी भएका थिए। २०७४ मा उनले भट्टराईलाई नै पराजित गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।