काठमाडौं- सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा जनमत पार्टीका अध्यक्ष सिके राउतले जसपा अध्यक्ष उपेन्द्र यादवभन्दा झण्डै एक हजार मतको अन्तर बनाएका छन्।
निर्वाचन आयोऊको पछिल्लो अपडेट अनुसार राउतले १६ सय ३४ मत ल्याउँदा जसपा अध्यक्ष यादवले ६ सय ७० मत ल्याएका छन्। त्यसैगरी लोसपाका जयप्रकाश ठाकुरले ४ सय ९१ मत ल्याएका छन्।
२०७४ को निर्वाचनमा जसपा अध्यक्ष यादवले जितेको यो क्षेत्रमा यस पटक सुरुदेखि यादव पछि परिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।