काठमाडौं- प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको निर्वाचन क्षेत्र रहेको डडेलधुरामा सोमबार अपराह्न २ बजेबाट मतगणना सुरु हुने भएको छ।
सर्वदलीय बैठक सकिएपछि मतगणनाको कार्य प्रारम्भ गर्न लागिएको निर्वाचन कार्यलाय डडेलधुराले जनाएको छ।
यो क्षेत्रबाट कांग्रेसका सभापति देउवासहित एमालेको समर्थनमा कांग्रेस बिपीका कर्ण मल्ल प्रतिस्पर्धामा रहेका छन्। यस्तै, स्वतन्त्र उम्मेदवार सागर ढकालको उम्मेदवारीले पनि यो क्षेत्रले थप चर्चा पाएको छ।
यो क्षेत्रबाट सभापति देउवा २०४८ यताका सबै निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका छन्। यसअघि सबे निर्वाचनमा जित प्राप्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।