काठमाडौं- काठमाडौं ९ को प्रारम्भिक मतगणना सार्वजनिक भएको छ। प्रारम्भिक गणनामा एमालेले तीन मतको अग्रता लिएको छ। एमालेलाई राष्ट्रिय स्वतन्त्र पार्टीले चुनौती दिएको छ।
एमालेका कृष्णगोपाल श्रेष्ठले ५६४ मत प्राप्त गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेलले ५६१ मत पाएका छन्। सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उम्मेदवार कल्पना धमलाले ३४५ मत पाएकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।