काठमाडौं- ललितपुर क्षेत्र नम्बर ३ मा नेकपा एमालेले अग्रता कायमै राखेको छ। एमालेका उम्मेदवार अमृत खड्काले ८१३ मत ल्याउँदै अग्रता कायम गरेका हुन्।
उनलाई माओवादी केन्द्रकी पम्फा भुसालले पछ्याइरहेकी छन्। भुसालले ७१६ मत पाएकी छन्। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले ७०७ मत प्राप्त गरेकी छन्।
२०७४ सालको निर्वाचनमा उक्त निर्वाचन क्षेत्रमा माओवादी केन्द्रले जित हात पारेको थियो। भुसाल उक्त क्षेत्रवाट सांसद हुँदै हाल ऊर्जामन्त्री छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।