काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान)ले नामिबिया भ्रमणका लागि नेपाली राष्ट्रिय टोली घोषणा गरेको छ।
आईसीसी विश्वकप क्रिकेट डिभिजन २ का लागि घोषणा गरिएको १४ सदस्यीय टोलीमा नन्दन यादव पनि समेटिएका छन्। उनी पहिलोपटक राष्ट्रिय टोलीमा परेका हुन्।
रोहित पौडेलको कप्तानीमा रहेको नेपाली टोलीमा नन्दनसँगै आसिफ शेख, अर्जुन साउद, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख छन्।
यस्तै, कुशल भुर्तेल, गुलसन झा, ललित राजवंशी, करण केसी, सोमपाल कामी, हरिशंकर शाह, सागर ढकाल पनि टोलीमा अटाएका छन्।
डिसेम्बर १ देखि ८ सम्म हुने लिग २ मा नेपालले नामिबिया र स्कटल्याण्डसँग दुई–दुई खेल खेल्नेछ ।
नेपालले पहिलो खेल घरेलु टोली नामिबियासँग डिसेम्बर २ मा खेल्नेछ भने स्कटल्याण्डसँग डिसेम्बर ४ मा।
यसैगरी, दोस्रो चरणमा नामिबियासँग डिसेम्बर ७ र स्कटल्याण्डसँग डिसेम्बर ८ मा खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।