काठमाडौं- बिहानदेखि १३ वटा निर्वाचन क्षेत्रमा मतगणना हुँदा एकमा नेपाली कांग्रेसले जितेको छ। मुस्ताङमा कांग्रेसका योगेश गौचनले विजय हासिल गरेका हुन्।
मतगणना जारी निर्वाचन क्षेत्रमध्य ७ क्षेत्रमा एमाले अगाडि छ। राष्ट्रिय स्वतन्त्र पार्टी ३ मा र जनमत पार्टी १ स्थानमा अघि छ।
गणना सुरू भएका झापा २, धनुषा ३, ललितपुरका तीनटै क्षेत्र, बाँके ३ र काठमाडौं ७ मा एमाले अगाडि छ। राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं ६ र ८ का साथै कास्की २ मा अग्रता लिइरहेको छ।
यसैगरी, काठमाडौं १ र भक्तपुर २ मा कांग्रेस अगाडि छ। राष्ट्रिय जनमत पार्टीका सिके राउतले सप्तरी- २ मा अग्रता लिइरहेका छन्। उनीसँग जसपाका उपेन्द्र यादव पछि परेका छन्।
माओवादी केन्द्रका प्रभावशाली नेताहरु नै पछि परेका छन्। माओवादी केन्द्रकी नेता ऊर्जामन्त्री समेत रहेकी ललितपुर ३ मा पम्फा भुसाल पछि परेकी छिन्। एमालेका अमृत खड्काले अग्रता लिइरहेका छन्। यसैगरी मानुषी भट्टराई यमी काठमाडौं ७ मा पछि परेकी छिन्।
माओवादी केन्द्र र एकीकृत समाजवादी गणना जारी सवै क्षेत्रमा पछि परेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।