काठमाडौं- बिहानदेखि १२ वटा निर्वाचन क्षेत्रमा मतगणना जारी रहेको छ। जारी निर्वाचन क्षेत्रमध्य ७ निर्वाचन क्षेत्रमा एमाले अगाडि छ। राष्ट्रिय स्वतन्त्र पार्टी १ मा र कांग्रेस ३ क्षेत्रमा अगाडि छ।
गणना सुरू भएका झापा २, धनुषा ३, ललितपुरका तीनटै क्षेत्र, बाँके ३ र काठमाडौं ७ मा एमाले अगाडि छ। एमालेका प्रभावशाली नेता महेश बस्नेत भक्तपुर- २ मा पछि परेका छन्। उनलाई कांग्रेसका दुर्लभ थापाले उछिनेका हुन्।
यसैगरी, काठमाडौं १, भक्तपुर २ र मुस्ताङमा कांग्रेस अगाडि छ। राष्ट्रिय स्वतन्त्र पार्टीले कास्की २ मा अग्रता लिएको छ।
राष्ट्रिय जनमत पार्टीका सिके राउतले सप्तरी- २ मा अग्रता लिइरहेका छन्। उनीसँग जसपाका उपेन्द्र यादव पछि परेका छन्।
माओवादी केन्द्रका प्रभावशाली नेताहरु नै पछि परेका छन्। माओवादी केन्द्रकी नेता ऊर्जामन्त्री समेत रहेकी ललितपुर ३ मा पम्फा भुसाल पछि परेकी छिन्। एमालेका अमृत खड्काले अग्रता लिइरहेका छन्।
यसैगरी मानुषी भट्टराई यमी काठमाडौं ७ मा पछि परेकी छिन्।
थप अपडेटका लागि https://election.nepallive.com/ मा क्लिक गर्नुहोस्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।