काठमाडौं- काठमाडौं क्षेत्र नम्बर १ को प्रारम्भिक मतगणना सुरु हुँदा राप्रपाका रवीन्द्र मिश्रले अग्रता लिएका छन्।
मिश्रले २८९ मत पाएका छन् भने एमालेका किरण पौडेलले १८६ मत प्राप्त गरेका छन्। त्यस्तै कांग्रेसका प्रकाशमान सिंहले १८३ मत प्राप्त गरेका छन्।
प्रारम्भिक मतगणनामा उक्त क्षेत्रमा त्रिपक्षीय प्रतिस्पर्धा देखिएको छ। २०७४ सालमा उक्त क्षेत्रमा नेपाली कांग्रेसका सिंह मिश्रलाई पराजुित गर्दै विजयी भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।