काठमाडौं– प्यूठानको एक मतदान केन्द्रमा सिल तोडिएको अवस्थामा मतपेटिका भेटिएपछि विवाद भएको छ। 
नौबहिनी बराह माविको मतदान केन्द्र झिम्पुको मतपेटिका सिल तोडिएको अवस्थामा पाइएको छ। गौमुखी आधारभूत विद्यालय लामिबगरको समानुपातिक तर्फको मतपेटिका फुटेको पाइएको छ। 
सोही विषयमा विवाद हुँदा अहिलेसम्म सर्वदलीय बैठक बस्न सकेको छैन। 
                                                        
                                                            
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।